Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलद्वारा राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण

इजरायलद्वारा राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण


एजेन्सी । इजरायलले राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण गरेको छ ।

बीबीसीका अनुसार तयसमा हिजबुल्लाहलाई समर्थन गरिरहेको एक बैंकको शाखामा पनि इजरायलले आक्रमण गरेको छ । दक्षिणी बेरुतको दाहियाह जिल्ला, हिजबुल्लाहको नियन्त्रणमा रहेको क्षेत्र, बेका उपत्यका र दक्षिणी लेबनानमा इजरायलले हिजबुललाहलाइ लक्षित गरेर हवाई आक्रमण गरेको जनाइएको छ । त्यसमा कोही हताहत भए/नभएको यकिन हुन सकेको छैन ।

इजरायली सेनाले लेबनानको राजधानी बेरुतका १४ सहित २० भन्दा बढी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई रातभरि आक्रमण गर्ने योजना बनाएको र त्यहाँबाट सुरक्षित स्थानमा जान भनेको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) ले पनि हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य वित्तीय पूर्वाधारलाई निशाना बनाउने बताएको छ ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुललाहलाई लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको हो । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हाइटी गिरोहको आक्रमणमा २ जनाको मृत्यु, ५ हजार विस्थापित

एजेन्सी । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिला सहित २ महिलाको मृत्यु हुनुका साथै ५

ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाको आफ्नै घरमा भएको दुर्घटनामा टाउकोमा चोट लागेपछि आफ्नो रुस भ्रमण रद्द

जी–७ को रक्षा शिखर सम्मेलन शुरु नेपल्समा शुरु

एजेन्सी । जी–सेभेनका रक्षा मन्त्रीहरुको बैठक इटालीको दक्षिणी शहर नेपल्समा शुरु भएको छ । मध्यपूर्वमा तनाव बढेको र युक्रेन माथि

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

Techie IT