Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजी–७ को रक्षा शिखर सम्मेलन शुरु नेपल्समा शुरु

जी–७ को रक्षा शिखर सम्मेलन शुरु नेपल्समा शुरु


एजेन्सी । जी–सेभेनका रक्षा मन्त्रीहरुको बैठक इटालीको दक्षिणी शहर नेपल्समा शुरु भएको छ ।

मध्यपूर्वमा तनाव बढेको र युक्रेन माथि दबाब बढ्दै गएको अवस्थामा जि सेभेन नेताहरु छलफलमा जुटेका हुन् । अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलन भैरहेको हो । इटालीका रक्षा मन्त्री गुइडो क्रोसेट्टोले म्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्व बारे छलफल गर्न पर्याप्त स्थान दिइने बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनको युद्ध, अफ्रिकाको विकास र सुरक्षा तथा एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा रहेको छ । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षा मन्त्रीस्तरीय पहिलो बैठक आयोजना गरेको हो ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिन पछि बैठक हुन लागेको हो ।

जाडोयाममा रुसी सेनाहरू युक्रेनको राजधानी किभ प्रवेश गर्न सक्ने र अमेरिकामा अर्को महिना हुने चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना बारे पनि बैठकमा छलफल हुने समाचारमा उल्लेख गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हाइटी गिरोहको आक्रमणमा २ जनाको मृत्यु, ५ हजार विस्थापित

एजेन्सी । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिला सहित २ महिलाको मृत्यु हुनुका साथै ५

इजरायलद्वारा राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण

एजेन्सी । इजरायलले राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण गरेको छ । बीबीसीका अनुसार तयसमा हिजबुल्लाहलाई समर्थन गरिरहेको

ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाको आफ्नै घरमा भएको दुर्घटनामा टाउकोमा चोट लागेपछि आफ्नो रुस भ्रमण रद्द

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

Techie IT