Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालट्राफिक नियम उल्लङ्घन गर्ने चालकले आजदेखि ‘डिजिटल चिट’ पाउने

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकले आजदेखि ‘डिजिटल चिट’ पाउने


काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेबापत गाडी चालकले आजदेखि डिजिटल चिट पाउने भएका छन् । यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले डिजिटल चिट दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था भएको हो ।

नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै जरीमाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

यस्तै चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । यस्तै नागरिक एप चलाउनेले अबदेखि लाइसेन्स बोक्नुपर्ने छैन । नागरिक एपमा रहने चालक अनुमतिपत्रमा ‘क्यूआर कोड’ देखाउने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने ‘क्यूआर कोड’ ‘स्क्यान’ गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसूर र जरीमाना रकमसहितको ‘डिजिटल चिट’ को विवरण र जरीमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था छ । यसबाट चालकले तत्कालै ‘डिजिटल वालेट’ मार्फत जरीमाना रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा ‘डिजिटल चिट’ व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । ‘डिजिटल चिट’ काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै ‘डिभाइस’ उपलब्ध गराइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT