गृहपृष्ठ ∕ नेपाल ∕ महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइतेमहोत्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक २ गते, १७:३० मा प्रकाशित नेपाल साङ्केतिक फोटोमहोत्तरी । गौशालानगरपालिका– ३ पचाईन टोलमा आज शुक्रबार करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।आज बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरुलाई करेन्ट लागेको थियो । स्थानीय विनोद महतोले जङ्गली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको विजलीको नाङ्गो तारबाट उनीहरुलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएकी छिन् ।उनीहरु दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ । हाल उनीहरु स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कबिहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । #महोत्तरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विपत्तिलाई मिलेर सामना गरौँ: प्रधानमन्त्री ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका छन् । महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायातकाठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न कृषिमन्त्री अधिकारीको आग्रहकाठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् । इटालीको राजधानी डा. केसीसँग स्वास्थ्य मन्त्रीले भने: तपाईँको माग पूरा गर्ने गरी…काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथमसिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छिन् । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउकाठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमाधेरै पढिएका खबर १ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल ४ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने ५ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ६ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ७ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रहThe Film Nepal