गृहपृष्ठ ∕ नेपाल ∕ बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउ नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक २ गते, १२:५१ मा प्रकाशित नेपाल काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेष्टहाउसमा सरसफाईको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ ।आरोपित गेष्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो । बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ ।पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउसबाट बाहिर जान समेत नदिएको र जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्यूरोले जनाएको छ । पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालिगलौज तथा कुटपिट गरी यातना दिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए ।उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । #गेष्टहाउस #वेश्यावृत्ति #सुजन तामाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रवि लामिछानेको बयान आज पनि लिइनेकाठमाडौं । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए सँगै म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्युम्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरणअर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडपसिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैकाठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामदजनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमी देवी बिनकोधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal