Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालव्यवसायीको एमाले पार्टी कार्यालय बनाउने कार्यविरुद्ध सर्वोच्चमा रिट

व्यवसायीको एमाले पार्टी कार्यालय बनाउने कार्यविरुद्ध सर्वोच्चमा रिट


काठमाडौँ । व्यवसायी मिनबहादुर गुरुङको सहयोगमा एमालेको पार्टी कार्यालय बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

अधिवक्ताहरु डा. ज्ञान बस्नेत, श्यामकृष्न मास्के र अर्जुन थापाले दानमा पार्टी कार्यालय बनाउने कार्य गम्भिर भ्रष्टाचारजन्य अपराध भएको हुँदा रोक्न माग गर्दै रिट पेश गरेका हुन् ।

असोज २५ गते भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए । उक्त कार्य गम्भीर भ्रष्ट्राचारजन्य अपराध, राज्यसत्ताको दुरुपयोग, नैतिक र कानुनी अपचलन भन्दै रिटमा रोक्न माग गरिएको छ ।

रिटमा राजनीतिक दल, नेतानेतृत्व हरुले चन्दा उठाउँंदा कुनै उपहार, दान र अरु सहयोग लिंदा त्यो खुल्ला पारदर्शी हुनुपर्ने, कारण पुष्टी हुनुपर्ने भए पनि एमाले पार्टी कार्यालय बनाउने विषयमा त्यस्तो नभएको जिकिर गरिएको छ।

सर्वोच्च प्रशासनले रिट पेश भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’

गौशाला धर्मशाला खाली गर्ने काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई…

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशाला खाली गर्ने काम रोक्न निर्देशन दिएको छ । मन्त्रालयले काेषलाई

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता

गोकर्णमा एक पुरुष मृत भेटिए

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपाल चाेकस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५० वर्षीय पुरुष आज

Techie IT