प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता भनिने युवराज सफलले बिहीबार ओलीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको आरोप लगाएका छन् । उनले व्यापारीले उक्त पार्टी कार्यालयको भवनसमेत बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन् ।
सफलले दिएको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन् । निवेदनमा भनिएको छ, ‘२०८१ असोज २५ गते नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङद्वारा उपलब्ध गराइएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको विषयले गम्भीर शंका उत्पन्न भएको छ ।’
सञ्चारमाध्यमहरूमा आएको प्रमाणहरूका आधारमा उजुरीमा प्रधानमन्त्रीले सरकारी सम्पत्ति हिनामिना गरेको र विवादास्पद व्यक्तिसँग मिलेर लाभ लिने प्रयास गरेको आरोपसमेत सफलले लगाएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै