Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थराष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ


काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ।

दश लाख रकम भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ।

बैंकका अनुसार कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन्।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ। यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ।

बैंकका अनुसार कर्जाको बिमा गरिने छ। बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने बैंकले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडाैँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर

भन्सार छलेर ल्याइएका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्,

ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता

ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन

Techie IT