गृहपृष्ठ ∕
राजनीति ∕
जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्। तुल्सिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस-एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार हुन थालेको बताएका हुन्।
धेरै दलहरू हुँदा सरकार अस्थिर भएको उनको भनाई छ। उनले सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको उल्लेख गरे। पछिल्लो समय पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताउँदै आएका छन्। हंग पार्लियामेन्ट नीतिको कार्यान्वयनमा चुनौती हुने गरेको उनको बुझाई छ।
पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए। उनले योजनाको पहिचान र छनोट, कार्यान्वयन र प्रतिफल वितरणसम्म जनतालाई जोड्न सके विकास छिटो र दिगो हुने बताए।
महासचिव पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको धारणा राखे। जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाले सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरे। उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने स्पष्ट पारे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति