Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने


भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण नियन्त्रण समितिले विज्ञप्ति निकालेर सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ ।

समितिले यो निर्देशन उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितलाई ध्यानमा राख्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । झण्डै ३ करोड जनसङ्ख्या रहेको नयाँ दिल्लीमा यसअघि लगाइएको प्रतिबन्धलाई दिल्लीवासीले बेवास्ता गर्दै आएका छन् ।

प्रशासनले सुरक्षा र वायु प्रदूषण नियन्त्रणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ । तर यस वर्ष दिल्लीका अधिकारीहरूले प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै दैनिक कार्यप्रगति रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् । यो प्रतिबन्ध यस वर्षको अन्त्यसम्म लागू हुनेछ ।

सन् २०२० मा ल्यान्सेटको रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा झण्डे १७ हजार ५ सय जनाको ज्यान गएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

Techie IT