Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा


काठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । टिमको कप्तानमा एन्जिला तुम्बापो सुब्बा रहेकी छिन् ।

उनी गोलरक्षक पनि हुन् । यस्तै अन्य दुई गोलरक्षकमा अञ्जना रानामगर र उषा नाथ छिन् । यस्तै डिफेन्डरमा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् ।

यस्तै मिडफिल्डमा रेनुका नगरकोटी, प्रिति राई, सुरु लिम्बू, दीपा शाही, सविता रानागमर, अनिता वस्नेत, अमिशा कार्की र विमला चौधरी छन् । फरवार्डमा भने रश्मिकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ र यसमा सम्मिलित अन्य टिममा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको

साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणा

काठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका

एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमा

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन

चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग…

काठमाडाैँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति

Techie IT