गृहपृष्ठ ∕
नेपाल ∕
नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता
चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको यो पहिलो घटना हो ।
धरान उपमहानगरपालिका वडा नम्बर ११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाह दर्ता भएको हो । उनीहरुले आइतबार विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । जोसेफ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका हुन् ।
उनीहरुको विवाहलाई नेपालको इतिहासमा नै नेपाली पुरुष र विदेशी पुरुषबिच औपचारिक विवाह भएको पहिलो पटक भएको संविधानसभा सदस्य सुनिलबाबु पन्तले बताएका छन् । पहिलो पटक दुलाहा दुलाहा उल्लेख गरेर विवाह दर्ता भएको समेत पहिलो पटक भएको पन्तले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । विवाह दर्ता प्रमाणपत्रमा दुवै जनाको विवरणमा दुलहीको ठाउँमा निलो कलमले काटिएको छ । यसअघि दर्ता भएको समलैंगिक विवाहमा दुलाहा र दुलही उल्लेख गरिएको हुन्थ्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको