Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो


एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ ।

हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन मार्फत पनि आक्रमण शुरु गरेको थियो । अहिले त्यसलाई थप बिस्तार गरेको इजरायलले जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर ७,२०२३ मा प्यालेष्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या, बलात्कार,अपहरण गरेको बदला लिने बताउँदे आएका छन् ।

सोमबार हमासले इजरायलमाथि गरेको आक्रमणको एक वर्ष पुगेको अवसरमा पनि नेतान्याहुले इजरायलले ’लडाइँ जारी राख्ने’ बताएका थिए । गाजामा युद्ध भएको एक वर्ष बितिसक्दा पनि हमासलाई परास्त गर्ने, गाजामा बन्धक बनाइएकाहरूलाई इजरायलमा फर्काउने र हिजबुल्लाहसँग लडेर विस्थापित भएका इजरायलीहरूलाई उनीहरूको घर फर्काउने जस्ता इजरायलका लक्ष्यहरू पुरा हुन सकेका छैनन् ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो । २५० जना इजरायली नागरिकलाई अपहरण गरेर हमासले लगेको थियो । त्यसमा नेपालका बिपिन जोशी पनि रहेका छन् । उनको अहिलेसम्म अत्तो पत्तो छैन । ७ अक्टोबरपछि इजरायल र हमासबीचको युद्ध निरन्तर चलिरहेको छ । यो युद्धमा ४२ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको दाबी छ ।

युद्ध लम्बिदै जाँदा अहिले यो युद्धमा इजरायल,प्यालेष्टिनी,इरान र लेवनान पनि जोडिन थालेका छन् । देखिने रुपमा इजरायल एक्लै इरान,लेवनानमा रहेको मुस्लिम लडाकू समूह हिजबुल्लाह र हमाससँग लडिरहेको छ । यद्यपि भित्रि रुपमा इजरायललाई अमेरिकाको समर्थन रहेको बिश्वास गरिएको छ । अमेरिका लगायतका पश्चिमा देशहरुले युद्धबिराम गर्न आग्रह गरेपनि इजरायल सहमत भएको छैन ।

प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमा आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या र २५०जना इजरायली नागरिकको अपहरण गरेपछि शुरु भएको युद्ध कहिले सम्म चल्ने हो ठेगान छैन । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले लेवनानमा हिजबुल्लाह केन्द्रित आक्रमण गरिरहेको हो । हिजबुल्लाहले पनि इजरायलमाथि गत हप्ता रकेट आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा इरानको समर्थन पाएको हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले हिजबुल्लाहलाई सघाउन इजरायलमाथि गत हप्ता मिसाइल हानेको थियो । तर त्यसलाइ इजरायलले रोकेको थियो । युद्धको कारण लाखौ मानिसहरु पलायन भएका छन् । महिला,बालबालिका,असक्त र बृद्धबृद्धाको अवस्था दयनीय बनेको छ । पश्चिमा देशहरु इजरायलको पक्षमा छन् । त्यस्तै इरान लगायतका केही मुस्लिम बाहुल्यता भएका देशहरु हमासको पक्षमा देखिएका छन् । तर आम नागरिक भने युद्धको बिपक्षमा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक

Techie IT