Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालहिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु


रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमाना स्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको सोमबार राति मृत्यु भएको छ ।

रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो ।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई मंगलबार बिहान हेलिकप्टर मार्फत त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्ला स्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदन पछि मात्र थाहा हुने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ

काठमाडौँ । तीनकुनेमा दुर्घटना गराएर फरार भएका चालक ललितपुरको कुपण्डोलबाट पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई हाल ललितपुर

प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न

धौलागिरिमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक

भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले मंगलबार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जा बिच…

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका

भन्सार छलेर ल्याइएका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्,

Techie IT