गृहपृष्ठ ∕ नेपाल ∕ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेदशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने नेपालीपत्र सोमबार, २०८१ असोज २० गते, १७:१९ मा प्रकाशित नेपाल काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ ।निगमले हालैको बाढी पहिरोका कारण सडक अबरुद्ध भएका र काठमाडौंबाट बाहिर जाने आउने राजमार्गहरु कतिपय ठाउँमा अवरुद्ध भएका कारण वडा दशैंलाई लक्षित गरेर फूलपातीको दिन सो रुटमा उद्धार उडान गर्ने भएको हो ।निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी बिज्ञप्तिमा यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएकोले स्थलमार्गबाट सर्वसाधारणलाई आफ्नो घर फर्किन कठिनाई भएको कुरालाई मध्ष्नजर गरेर निगमले उद्धार उडान गर्न लागेको उल्लेख छ । सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडा दशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनेर वडादशैंको फुलपातीको दिन असोज २४ गते काठमाडौं–भैरहवा–काठमाडौं निगमको ए–३२० जहाजबाट उद्दार उडान गर्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ । उद्धार उडानमा काठमाडौं– भैरहवाका लागि टिकटको मूल्य ७ हजार तय गरिएको छ । त्यसैगरी भैरहवा– काठमाडौंका लागि ३ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ ।विषम परिस्थितिमा उद्दार उडानमा खटिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निर्देशन दिएका र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष पहल गरेका पनि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यात्रुले टिकट निगमको कार्यालय वा निगमको वेवसाइटबाट मार्फत लिन सक्नेछन् । #नेपाल वायुसेवा निगमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालितकर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान पर्व मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री…काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् । दशैंमा घर हिडेका सवारी यात्रुलाई भाडामा ठगी गर्नेहरु पक्राउकाठमाडौँ । नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु पक्राउ परेका छन् । दसैँमा गाउँघर राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चनाकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर गई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका तनहुँमा ट्याक्टरको ठक्करबाट बालकको मृत्युतनहुँ । व्यास नगरपालिका–१ गल्बुबेसीमा सोमबार ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदैकाभ्रेपलाञ्चोक । गएको हप्ता अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बरधेरै पढिएका खबर १ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति २ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने ३ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ६ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै ७ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिनेThe Film Nepal