Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात


एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए ।

आक्रमणको एक वर्ष पछि पनि दुई बालबालिका सहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्वास गरेको छ । गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी लडाकू समूहका लागि बन्धकहरू इजरायल सँग युद्धविराम वार्ता गर्न र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्न महत्त्वपूर्ण मोलमोलाइको माध्यम हुन् ।

५२ पुरुष, १० महिला, दुई बालबालिका

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकूहरूले कब्जामा लिएका दुई सय ५१ बन्धक मध्ये एक सय १७ जना मुक्त भएका छन् र तिनीहरूमा अधिकांश महिला, बालबालिका र विदेशी कामदार छन् ।

इजरायली जेलहरूमा थुनिएका दुई सय ४० कैदीको बदलामा अधिकांश बन्धकलाई नोभेम्बरको अन्त्यतिर एक साताको युद्धविरामको समयमा रिहा गरिएको थियो ।

करिब एक वर्ष पछि गाजामा अहिले पनि बन्धक बनाइएका ६४ जना जीवित रहेको इजरायलको विश्वास छ । सेनाले मृत भएका पुष्टि गरेका ७० मध्ये ३३ को शव अझै गाजामा छ । गाजामा मृत्यु भएका वा अक्टोबर ७ मा मारिएर त्यस क्षेत्रमा लगिएका ३७ बन्धकको शव सेनाले स्वदेश फर्काएको छ ।

जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । यद्यपि तीमध्ये केही सँग एउटा भन्दा बढी राष्ट्रियता छ । अन्य छ जना थाई नागरिक र एक जना नेपाली छन् ।

बाउन्न जना पुरुष र १० महिला छन् । त्यस्तै, ११ जना सैन्य कर्मचारी छन् भने दुई जना बालबालिका छन् । सबै भन्दा कम उमेरको बन्धक कफिर अपहरणमा पर्दा आठ महिना १५ दिनको थिए । उनका दाजु एरियल गाजामा लैजाँदा जम्मा चार वर्षका थिए । हमासले यी दुई बालबालिका मरेको बताएको छ तर इजरायलले यसको पुष्टि गरेको छैन ।

जीवित रहेको कुनै प्रमाण छैन

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीका क्रममा अन्य सात बन्धक मात्र जीवितै मुक्त भएका छन् । जीवित रहेको कुनै प्रमाण नभएकाले ६४ जना अझै जीवित छन् कि छैनन् भन्ने बारेमा अनिश्चितता कायम छ ।

आफ्ना लडाकूहरूले एक इजरायली बन्धकलाई गोली हानी मारेको र अन्य दुई जनालाई घाइते बनाएको हमासको सशस्त्र शाखाले अगस्ट १२ मा बताएको थियो । हमासले धेरै पटक बन्धकहरूको मृत्यु भएको घोषणा गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । यस बाट परिवारहरू पीडामा छन् ।

शवहरू गाजा लगियो

अक्टोबर ७ मा हमासका लडाकूहरूले इजरायली सैनिकहरूको १० शवसहित केही मृतकलाई गाजामा आफू सँगै लगे । युद्ध सुरु भएयता कम्तीमा २८ अन्य बन्धकको गाजामा मृत्यु भएको छ । सन् २०२३ डिसेम्बर १५ मा तीन जनालाई इजरायली सेनाले गल्तीले मारेको थियो । उनीहरू २८ वर्षीय योताम हाइस तथा २६ वर्षका सामेर अल–तलाल्का र एलोन शाम्रिज थिए ।

इजरायली सेनाले हमास माथि हर्श गोल्डबर्ग–पोलिन, कार्मेल गाट, इडेन जेरुसेलमी, अलेक्जेन्डर लोबोनोभ, अल्मोग सारुसी र ओरी दानिनो गरी छ जनाको हत्या गरेको आरोप लगाएको छ । उनीहरूलाई सैनिकहरूले दक्षिणी गाजाको रफाहमा एउटा सुरुङमा फेला पारेका थिए ।

महोत्सव, किबुत्जका जीवितहरू

अधिकांश बन्धकहरूलाई निर ओज किबुत्ज र नोभा सङ्गीत महोत्सवमा भएको आक्रमणका क्रममा लगिएको थियो । अक्टोबर ७ मा निर ओज किबुत्जमा अपहरणमा परेका कम्तीमा ७६ बन्धक मध्ये ४० जना जीवितै रिहा भएका छन् । अरु २० जना अझै गाजामा छन् र जीवित रहेको विश्वास गरिएको छ । बाँकी १६ जनाको मृत्यु भइसकेको छ ।

महोत्सव बाट अपहृत १७ जना मात्र जीवित रहेको र अझै गाजामा बन्धक रहेको विश्वास गरिन्छ । नोभा बाट अपहरणमा परेका कम्तीमा ४३ बन्धक मध्ये नौ जना मात्र रिहा भएका छन् भने अन्य १७ जनाको मृत्यु भएको छ ।

सम्पूर्ण परिवार

अक्टोबर ७ मा सम्पूर्ण परिवारलाई गाजामा लगिएको थियो । उनीहरूका लागि सन् २०२३ नोभेम्बरको युद्धविरामले राहत दिए पनि प्रियजनहरूलाई पछाडि छाड्नुपर्दाको पीडा पनि दियो ।

फ्रान्सेली–इजरायली बालबालिकाहरू इतान, इरेज र शहर मुक्त भए पनि उनीहरूका बुबा ओहाद याहालोमी र ओफेर काल्डेरोन अझै बन्धक छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान…

एजेन्सी। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ

जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्‍याएका छन् । ब्राजिलको रियो दि जेनेरियोमा

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए

एजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा

दक्षिण अफ्रिकाको अवैध सुन खानीका मजदुर माथि कारवाही

एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुर माथिको कारवाही तीव्र बनाएको छ । चार हजार अवैध आप्रवासी कामदार बसेको

Techie IT