Techie IT
२०८१ असोज १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालविजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने

विजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने


काठमाडौँ । विजयकुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने विज्ञप्तिमा जनाइएको छ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामकरण गरिनेछ ।

भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरिसकेको छ ।

कुल सहयोग प्रतिबद्धता मध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ । सबै सहयोग रकम विजयकुमार शाहको निजी सम्पत्तिबाट गरिएको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन

काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको

दशैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुल्ने

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेस गरे न्यायालय सुधारका लागि २४ बुँदे…

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन् । बुधवार संसदीय

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । प्राधिकरणमा अनियमितता भएको

आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना

उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित

जनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।

Techie IT