Techie IT
२०८१ असार १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालवायु सेवा निगमले गौतम बुद्ध विमानस्थलबाट मलेसिया–भैरहवा–काठमाडौँ उडान सुरु गर्यो

वायु सेवा निगमले गौतम बुद्ध विमानस्थलबाट मलेसिया–भैरहवा–काठमाडौँ उडान सुरु गर्यो


बुटवल। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया–भैरहवा–काठमाडौँ व्यवसायिक उडान सुरु गरेको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल वायु सेवा निगमले पहिलोपटक उडान शुरु गरेको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ।

साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो। विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन्।

नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गरे। भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौँका लागि उड्ने छ।

विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौँ ओर्लने छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दाङको बबई नदीमा एक महिला बेपत्ता

दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका– १४ की २०

रविलाल अधिकारीको सम्झनामा जनसाँस्कृतिक महासंघको कविता प्रतियोगिता

काठमाडौँ । साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न

ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने…

काठमाडाैँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ

रास्वपाको केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा श्रम, रोजगार तथा

Techie IT