Techie IT
२०८१ असोज १३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात


काठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय किलो घ्यु,४ हजार किलो चिउरा, १८ सय किलो चियापत्ती र १२ सय किलो मह जापान पठाएको उद्योगका सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य मनोज यादवले बताए ।

उद्योगले गत जेठ १३ गते पहिलो पटक १२ सय किलो घ्यु, ३ हजार किलो चिउरा, १२ सय किलो चियापत्ती र १२ सय किलो मह जापान पठाएको थियो । यादवका अनुसार जापान पठाएको सामान एक हप्तामै खपत भएको र पुनः डिमाण्ड आएपछि दोस्रो पटक पठाइएको हो ।

अघिल्लो पटकभन्दा यसपटक चिउरा र चियापत्तीको परिमाण बढाएको उद्योगले जनाएको छ । जापानबाट प्रतिमहिना ५ हजार किलो घ्युको माग आएकाले यो मागलाई निरन्तर पूरा गर्ने यादवले जनाएका छन् ।

सूर्योदय मिल्क एण्ड बेभरेज उद्योगसँग जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेडले नेपालको घ्यू वार्षिक ५० मेट्रिक टन लिने सम्झौता गरेको छ । उक्त कम्पनीले जापानसहित ६–७ वटा देशमा सामान निर्यात गर्ने जनाएको छ । उद्योगले हाल गुणस्तरीय स्तरको दूध, चिया दुध, दूध पाउडर, घ्यु, पनिर, दही, बटर लगायतका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ ।

गत वर्ष कोशीमा दूधको अत्याधिक उत्पादन हुँदा उद्योगमा पनि धूलो दूध अत्यधिक उत्पादन भएको थियो । उद्योगमा अहिले पनि करोडौं मूल्यको दूधजन्य वस्तु स्टकमा छ । उद्योग सञ्चालक यादवका अनुसार आन्तरिक डिमाण्ड बढेको खण्डमा पनि निर्यातले निरन्तरता पाउनेछ ।

विगतमा डिडिसीले जापानमा घ्यु पठाउने गरेकोमा माग अनुसार पठाउन नसक्दा सम्झौता रद्द भएको थियो । कोशी प्रदेश सरकारले निर्याततर्फ घ्युमा प्रतिकिलो १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिँदै आएको छ ।

प्रदेश सरकारले अन्य अनुदानका कार्यक्रम कटौती गरेको भएपनि निर्यातमा दिने अनुदानलाई भने निरन्तरता दिएको कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१

एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो

काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता

नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान

काठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ

शेयर बजार ४९ अङ्कले बढ्याे

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर

Techie IT