Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननयाँघरेको ‘आगोको बीउ’ लोकार्पण

नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण


काठमाडौँ । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको कृति ‘आगोको बीउ’ निबन्ध संग्रह लोकार्पण गरिएको छ । नयाँघरेको यो १९ औ कृति हो । वरिष्ठ कवि तथा समालोचक कृष्ण धरावासीले काठमाडौँमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

धरावासीले ‘आगोको बीउ’ निबन्धमा पाठकलाई लोभ्याउने जादु भएको उल्लेख गरे । निबन्धकार नयाँघरेको समसामयिक विषयलाई जस्ताको तस्तै चित्रण गर्ने क्षमता रहेको भन्दै आगोको बीउलाई आगोसंँग चित्रण गरे ।

कृतिकार नयाँघरेले आफु निवन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए । निबन्ध आफ्ना लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी भएको उहाँको भनाइ थियो । उहाँले आगोको बीउ निबन्ध दशैमा पाठककालागि खुराक हुने विश्वास पनि व्यक्त गरे ।

कृतिमाथि आख्यानकार तथा निवन्धकार अनिता कोइराला, भारती न्यौपाने, कुमारी लामा, ज्ञानु अधिकारीलगायतले टिप्पणी गरेका थिए । नयाँघरेको निबन्धसंग्रह ‘एक हातको ताली’ले मदन पुरस्कारसमेत पाइसकेको छ । पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT