Techie IT
२०८१ असोज २०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालजलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत भइरहेको उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनले गर्दा नेपालमा हिमालहरू पग्लिएको बताए ।

प्रधानमन्त्री ओलीले समुद्री सतह वृद्धिबारे उल्लेख गर्दै एसियाका दुई तिहाइ हिमालहरू पग्लिँदा कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य भएको बताए । हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी रुपमै प्रयास हुनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीले हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रण गर्न हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्ने बताए ।

उनले भने, ‘आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।’

यसैगरि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई पनि सम्बोधन गरेका छन् । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्ने माग गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान पर्व

दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । निगमले हालैको बाढी पहिरोका कारण सडक अबरुद्ध भएका

मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री…

काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

दशैंमा घर हिडेका सवारी यात्रुलाई भाडामा ठगी गर्नेहरु पक्राउ

काठमाडौँ । नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु पक्राउ परेका छन् । दसैँमा गाउँघर

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर गई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका

तनहुँमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१ गल्बुबेसीमा सोमबार ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Techie IT