गृहपृष्ठ ∕
अर्थ ∕
नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान
काठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ ।
एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले विस्तार हुने अनुमान सार्वजनिक गरेको हो । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत थियो ।
आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटनसम्बन्धी सेवाको पुनरुत्थान, विद्युत् क्षमता वृद्धि लगायतले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार देखिएको एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभएको छ । मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ ।
यस्तै एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने अनुमान गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको