Techie IT
२०८१ असोज ८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘दसैं तिहारमा सौराहा’ योजना

‘दसैं तिहारमा सौराहा’ योजना


चितवन । नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दसैं तिहार सौराहामा” योजना ल्याएको छ ।

असोज १५ देखि कार्तिक ३० सम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १३ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

यस प्याकेजमा सहभागी हुनेले वेल कम ड्रिंक्स, दुई रातको लागि सुपर डिल्क्स कोठा, दुई वटा लन्च, दुई वटा डिनर,ब्रेकफास्ट सहित जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन् केन्द्र भ्रमण, थारु नाच अवलोकन, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

यो प्याकेज अन्तर्गत आउने पर्यटकलाई सौराहामा रहेको क्याफे दी सफारीमा एउटा कफीको कुपन समेत दिइने उनले बताए। कोभिडपछि विस्तारै गति लिँदै गएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको महत्व धेरै रहेकोले आन्तरिक पर्यटकलाई घुम्न जोड दिन यो अफर लिएर आएको उनले बताए ।

यो अफर प्राप्त गर्न कम्तीमा दुई जना हुन पर्ने छ। ५ वर्ष मुनिका लागि नि:शुल्क छ भने ५-१० वर्षको हकमा २५ % छुट हुने कम्पनीले जनाएको छ।

“हामीले विगत एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले हरेक वर्ष पनि निरन्तरता दिंदै छौं,” उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक

फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

काठमाडाैँ । फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । ५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका

४१ जना प्रहरी उपरिक्षकहरुको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यलयले ४१ जना प्रहरी उपरिक्षकहरुको सरुवा तथा काज सरुवा गरेको छ । कास्की प्रहरी प्रमुख मोहन

पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढ्दो

पर्वत । पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढदै गएको छ । पर्वत सदरमुकाम कुश्मा हुँदै पोखरा, काठमाडौँ चल्ने सवारी साधनमा

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु

सिरहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी

Techie IT