Techie IT
२०८१ असोज १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकाका नवनियुक्त राष्ट्रपति दिसानायकेले गरे संसद् विघटन

श्रीलंकाका नवनियुक्त राष्ट्रपति दिसानायकेले गरे संसद् विघटन


एजेन्सी । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेका हुन् । दिसानायकेले २ सय २५ सदस्यीय संसदलाई विघटन गरेका हुन् ।

जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो । उनले तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात् नोभेम्बर १४ मा निर्वाचन गराउने घोषणा गरेका छन् ।

त्यस्तै, दिसानायकेले मंगलबार आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा चयन गरेका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का नेता फुमियो किशिदा पछि

दक्षिण कोरियमा एक महिलाको शव १६ वर्षपछि फेला

एजेन्सी । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको

भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा

सेनेगलको तटीय क्षेत्रमा ३० वटा शव फेला

एजेन्सी । सेनेगलको तटीय क्षेत्रमा डुंगासहित ३० वटा सडेको शव फेला परेको छ । सेनेगलको राजधानी डकारबाट करिब ७० किलोमिटर

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका-१ घर भई

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे नेपाल भ्रमणमा आएका छन् । राजापाक्षे पत्नीसहित भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं

Techie IT