भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता
काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले गएको अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका मोदी र जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध र युक्रेनको अवस्थाबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । मोदीले युक्रेनमा भइरहेको सङ्कटलाई वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहना रहेको बताएकाे बीबीसी हिन्दीले लेखेको छ ।
पछिल्लो समय भारतको हतियार युक्रेनले रुसविरुद्ध प्रयोग गरेको भन्ने समाचार आएपछि उनीहरूको भेटलाई नजिकबाट हेरिएको छ । तर भारतले यस विषयको खण्डन गरिसकेको छ । मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विभिन्न देशका नेताहरूसँग पनि भेट गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय
एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका