Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअत्यधिक गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि पर्साका केही विद्यालयमा विदा

अत्यधिक गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि पर्साका केही विद्यालयमा विदा


पर्सा । बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि पर्सा जिल्लामा रहेका स्थानीय तहहरुले विद्यालयलाई विदा दिने निर्णय गरेका छन् ।

लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पादन हुन थालेपछि पर्सा जिल्लामा रहेका पालिकाहरुले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूलतालाई कम गर्न विद्यालय विदा दिने निर्णय गरेका हुन् ।

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सूचना प्रकाशित गरी असोज ८ र ९ गते विद्यलायको अध्ययन अध्यापन स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको र अध्ययन कै क्रममा विद्यार्थीहरु बेहोस हुन थालेकाले विद्यलायको प्रशासनिक कार्यलाई निरन्तरता दिदै हाल दुई दिनका लागि पठन पाठन स्थगित गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

उनले दुई दिनमा गर्मीको तापक्रम घटेर कम भए विद्यालय पूर्ववत अवस्थामा संचालन हुने, नभए पठन पाठनलाई निरन्तरता दिन अन्य उपाएलाई अवलम्बन गरिने बताए ।

त्यसैगरी पर्साकै पोखरिया नगरपालिकामा संचालित रहेका उचँगल माविमा अध्ययनरत ८ जना छात्रा हिजो गर्मीका कारण बेहोस भएपछि नगपालिकाले अध्ययन अध्यापनलाई विहानको सिफ्टमा संचालन गर्न सुचना प्रकाशित गरेको छ ।

पर्सा जिल्लामा पछिलो तीन दिन भित्र तापाक्रम वृद्धी हुँदै दिउँसोका समयमा ४५ डिग्रीसम्म पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT