Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालइक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दै

इक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दै


काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

इक्यानले सोमबार पत्रकार सम्मेलन गरी १५ औं शैक्षिक मेला यही असोज १३ गते काठमाडौंस्थित एभरेष्ट होटलमा गर्न लागेको जानकारी गराएको हो ।

शैक्षिक मेलामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।

मेलाबाट विद्यार्थी, अभिभावक र सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि जानकारी र परामर्श पाउनसक्ने आयोजकले जनाएको छ ।

त्यस्तै, मेलामा करिब १५ हजारभन्दा बढी विद्यार्थी र अभिभावक अवलोकन गर्न सक्ने आयोजकले अपेक्षा लिएको छ । यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु सहभागिता हुने छ ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्डल, अष्टेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क लगायतका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

वन अप प्रालिको व्यवस्थापनमा यो मेला हुँदैछ । यस मेलाको टाइटल स्पोन्सरमा रियल डिम्स एजेकेसन कन्सल्टेन्सी रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT