लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ ।
यही २१ सेप्टेम्बर २०२४ मा भएको महाधिवेशनले तीन अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष र १० उपाध्यक्षलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्षहरू आशा राई, दिलकुमार राई र भूपजित राई, वरिष्ठ उपाध्यक्षहरू प्रेमकुमार राई, सुमनचन्द्र राई, प्रसादकुमार राई, उपाध्यक्षहरू विनोदकुमार राई, युगराज राई, ईश्वर चाम्लिङ, शान्ताकला राई, अंकिता राई, भाग्यवती राई, शंकर राई, प्रमिला लाबुङ राई, निलम राई, चन्द्रावती राई, महासचिवहरू, रामजङ (राजेन) राई, गंगाराज राई, कोषाध्यक्षहरू दिलकुमार राई, डा. महा राई र सहकोषाध्यक्षहरूमा सबित्रा राई, सन्देश राहुल राई चयन भएका छन् ।