Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालइटहरीमा बिजुली बस सेवा सुरु

इटहरीमा बिजुली बस सेवा सुरु


सुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरूप सेवा प्रारम्भ भएको हो।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ। गत साउन २२ गते रु छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो। अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका

संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। सैनिक मञ्च टुँडिखेलमा

Techie IT