Techie IT
२०८२ वैशाख १३, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेल‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न


काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ आज कर्णालीमा सम्पन्न भएको छ। ‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको हो। पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी आज सुर्खेतस्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो।

‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए। त्यसै गरी, भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेश भलिबल संघको अध्यक्ष, भलिबल संघको केन्द्रिय सचिव, सदस्य, प्रशिक्षक, खेलाडी मिना सुनुवार, लगायत खेलाडी, विद्यार्थीहरु तथा भलिबल प्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

‘अब पालो महिलाको’ स्लोगनसहित सुरु भएको ‘एभरेस्ट वुमन्स भलिबल लिग’को ‘कर्णाली यश्विज’लाई रमेश कर्पोरेसनले हेर्दै आईरहेको छ। रमेश कर्पोरेसनले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ ‘कर्णाली यश्विज’ टिमलाई स्वामित्व गरेको हो। कर्णालीमै ट्रफीको अनावरण हुनुले खेलाडी र कर्णालीमा रहेका भलिबल प्रेमीहरुमा थप उर्जा थपेको ‘कर्णाली यश्विज’को अध्यक्ष सुशिल गुप्ताको भनाइ छ। ‘कर्णाली यश्विज’ टिमप्रति विदेशी खेलाडीहरुको समेत आकर्षन बढ्दै गएको र भलिबल खेल्ने कुरा भईरहेको गुप्ता बताउँछन्।

‘एभरेष्ट वुमन भलिबल लिग’ भने काठ्माडौँमा हुनेछ। यहीँ असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुने लिगमा ६ टोलीको सहभागिता रहनेछ।

कर्णाली भलिबल महिला टोलीको प्रमुख प्रशिक्षकमा कुमार राई छन् । उनी ‘न्यु डाइमन्ड युथ स्पाेट्स क्लब’ को प्रमुख अध्यक्ष समेत थिए। महिला भलिबलको उत्थानका लागी उनको ठुलो योगदान छ। उनको प्रशिक्षनमा कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग(ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन।

कर्णालीको टिम–सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

Techie IT