Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिप्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने: कृषिमन्त्री अधिकारी

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने: कृषिमन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन् ।

बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए । साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे। उनले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गरे ।

काठमाडौं महानगरपालिका– १४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताए । कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफर

काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज

माइडियाको ‘बाई विन फ्लाई’ दसैँ अफर: थाइल्यान्ड घुम्न मिल्नेदेखि विशेष…

काठमाडौँ । घरायसी उपकरण ब्रान्ड माइडियाको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठलक्षित अफर योजना ल्याएको छ । कम्पनीले

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

टेलिग्रामका सीईओ पावेल दुरोभ पक्राउ

काठमाडौँ । टेलिग्रामका प्रमुख सीईओ पाभेल दुरोभ फ्रान्सको एक विमानस्थलबाट पक्राउ परेका छन् । आफ्नो निजी विमानबाट पेरिसको उत्तरमा रहेको

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

काठमाडौँ । नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी

Techie IT