Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस

प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस


काठमाडाैँ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । हिजो बेलुका बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा धेरै अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । तीमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधिसभाका उपसभामुख एवम् परिषद् सदस्य इन्दिरा रानामगरले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आउँदो असोज १८ गते अवकाशमा जाँदैछन् । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिनेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ । न्यायपरिषद्ले राउतसँगै सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको नाम पठाएको थियो ।

सर्वोच्चको वरिष्ठतम् न्यायाधीशका रूपमा उनको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । उदयपुरमा २०१७ साल चैत १८ मा जन्मिएका राउत संसदीय सुनुवाइबाट अनुमोदित भएमा झण्डै १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सभामुख घिमिरे द्वारा कम्बोडियन समकक्षी सँग भेट

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट शुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ

सिनामंगलको होटलमा मृत भेटिए युवायुवती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती

यस्तो छ उप-निर्वाचनको मतपत्र

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । केही

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

बीआरआई अन्तर्गत चीनसँग अनुदान सहायता लिँदा राम्रो: काँग्रेस प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन

Techie IT