Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै

सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने तयारी भएको हो ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा गएको जेठ १५ गते गठन भएको समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरूमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसदमा लगातार आवाज उठेपछि संसदीय छानबिन विशेष समिति गठन भएको हो ।

समितिलाई असोज ६ गतेसम्म समय रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ मा त्यता जाने कार्यक्रम रहेकाले हिजोको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातिदेखि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि समितिले यसै अधिवेशनमा प्रतिवेदन बुझाउने लक्ष्यसहित रातभर बैठक बसेको हो । गएराति अबेरसम्म बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेसहितलाई दोषी ठहरसहित प्रतिवेदन तयार भएको र कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन गर्न पत्राचार गर्ने तयारी भएको भनिए पनि समितिका सदस्यहरुले यसबारे औपचारिक जानकारी दिएका छैनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत

कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन्

नेशनल डे कन्सर्टमा क्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका…

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा भएको ‘नेशनल डे कन्सर्ट’मा पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका छन् ।

दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडाैँ ल्याउने तयारी

काठमाडाैँ । काठमाडाैँका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन

Techie IT