Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने


काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ ।

नेपाल र अमेरिकाबीच तीन टी-२० आई खेलको सिरिज अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने अमेरिकी पत्रर पिटर डेला पेनाले जनाएका छन् । त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।

दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी-२० आई सिरिज समेत हुनेछ ।

हाल नेपाली टोली भने क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग-२ सिरिज हुँदैछ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एक दिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । उक्त सिरिज खेलेर नेपाल अमेरिका जाने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र

क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित

काठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई

एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…

काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका

विश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा

Techie IT