Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालआजदेखि इन्द्रजात्रा शुरु

आजदेखि इन्द्रजात्रा शुरु


काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने इन्द्रजात्रा हनुमानढोकाको अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु भएको हो ।

भाद्र शुक्लपक्ष द्वादशीको दिन इन्द्रध्वज उत्थान गरि शुरु हुने इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरि आठ दिनसम्म मनाइन्छ । यस बिच कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।

असोज १ गते इन्द्रजात्राको मुख्य दिन हो । यस दिन राष्ट्रप्रमुखले हनुमान ढोकाको गद्दी बैठकबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

असोज ५ गते भने निबार नानिचा यात्रासँगै राति १०।३१ बजेको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिन्छ । काठमाडौंकासाथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने गरिन्छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT