गृहपृष्ठ ∕
खेल ∕
एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी
काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड दिएका हुन् ।
एरिकाले गएको वर्ष चीनको हाङजाउमा भएको १९औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । त्यस्तै उनले १०औँ सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन् । अहिले स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे । एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।
वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भएकी छिन् । पलेशाको अभिभावक र प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित भएका छन ।
नेपाल कराते महासङ्घ उत्कृष्ट सङ्घ बनेको छ । खेल पत्रकारिता अवार्डबाट अनिल मल्ल ठकुरी र नमिता दाहाल सम्मानित भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई