Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडप

अष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडप


सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो सहरमा ‘सैन्य एक्स्पो’ कार्यक्रमलाई लक्षित गर्दै केही प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि प्रहरीले पनि अश्रु ग्यास, पानीको फोहोरालगायको बल प्रयोग गरेको थियो ।

हिंसात्मक प्रदर्शनमा उत्रिएका दर्जनौंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली जनतालाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार रहेपनि हिंसाको निन्दा गरेका छन् ।

‘ल्याण्ड फोर्स इन्टरनेशनल ल्यान्ड डिफेन्स एक्स्पोजिसन’ नाम दिइएको सैन्य प्रदर्शनीलाई लक्षित गरि मेलबर्नमा युद्धविरोधी प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा करिब एक हजार दुई सय व्यक्तिले भाग लिएका अधिकारीहरूले जनाएका छन् । प्रदर्शनकारीहरुले प्यालेस्टाइनको समर्थनमा नाराबाजी समेत गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउ

एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन

Techie IT