Techie IT
२०८१ कात्तिक २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएन्फा महिला लिगको खेलतालिका परिवर्तन

एन्फा महिला लिगको खेलतालिका परिवर्तन


काठमाडौँ । एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो ।

यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे ३ बजे शुरु हुने भएको छ । एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको समय परिवर्तन गरिएको जनाएको छ ।

दुई खेल भएको दिन पहिलो खेल यसअघि जस्तै दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो साढे ३ बजे शुरु हुने बताइएको छ । एक खेल मात्र भएको दिन दिउँसो १ बजे वा ३ बजे शुरु हुने गरेको छ ।

एन्फाका अनुसार आज देखि लागू हुने गरि केही खेलका समय परिवर्तन गरिएको छ । १० टोली सहभागी लिगमा हिजो तेस्रो राउन्डका खेल सकिदा कोशी प्रदेश अपराजित रुपमा ९ सहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश अङ्क बिहिन लिगको पुछारमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

काठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२०

नेपालले आज ताजकिस्तान सँग खेल्दै

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ ।

राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर

काठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ

महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…

काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा

Techie IT