Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलपाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई


काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यही सेप्टेम्बर १ देखि ३ सम्म आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा थेम्स कलेजलाई पेनाल्टीमा पराजित गर्दै आईएसएमटीले उपाधि जितेको हो ।

विजेता टिम आईएसएमटीले ट्रफी, मेडल र सर्टिफिकेटसँगै नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, उपविजेता थेम्सले ट्रफी, मेडल र सर्टिफिकेटसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा थेम्स कलेजका मिलन गोदार थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, आईएसएमटीका रुपेश गिरी सर्वाधिक गोलकर्ता, सनम घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । व्यक्तिगत विधाका विजेताहरु सबैले नगद १० हजार रुपैयाँ प्राप्त गरे । नाथम कलेजलाई ‘फेयर प्ले टीम’ अवार्डसँगै १० हजार रुपैयाँ प्रदान गरियो । विजेताहरुलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी विशाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

‘ब्रिटिस कलेजले पाँचौ संस्करणको प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेकोमा हामी सबैलाई बधाई छ । उपाधि विजेता, उपविजेता तथा सम्पूर्ण सहभागी टिमहरुलाई बधाई सहित धन्यवाद ज्ञापन गर्दछु,’ कार्यक्रमको समापन समारोहमा उपस्थित हुँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेले भने, ‘हामीले विद्यार्थीहरुलाई वार्षिक रुपमा यो अवसर प्रदान गर्दै आएका छौं । अब अर्को वर्ष पनि यसै कार्यक्रममा भेट्ने बाचा गर्दछु ।’

प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेको थियो । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको थियो ।

लिगकम नकआउट संरचनामा सम्पन्न प्रतियोगितामा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम, द वेस्टमिन्स्टर कलेज, द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज, न्याथम कलेज, सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज, प्राइम कलेज, भेदास कलेज, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायरको सहभागी रहेको थियो । सहभागी टिमहरुलाई ब्रिटिस कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै, कलेजका ईसीए कोअर्डिनेटर सुदीप भट्टराईले कलेजले विद्यार्थीको वृहत्तर हितको लागि यस्ता कार्यक्रमलाई बढावा दिने बताउँदै अर्को वर्षको फुट्सल प्रतियोगिता अझै सभ्य र भव्य हुने प्रतिवद्धता व्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT