गृहपृष्ठ ∕
खेल ∕
महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ भिड्ने महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ भिड्ने
काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन् । दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।
दिउसो साढे १२ बजे सुरु हुने खेलमा बागमती र कोशी दुबै दोस्रो जितको खोजिमा हुनेछन् । पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए । अपराह्न सवाँ चार बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो जितको योजनामा छन् ।
पहिलो खेलमा वालिङ कोशीसँग पराजित भयो । कर्णाली भने चन्द्रपुरसँग १–१ को बराबरी खेल्न बाध्य भएको थियो । बुधबार भएको एकमात्रै खेलमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला लिगमा डेब्यु गरेका संकटा क्लबलाई ४–० ले हराएको थियो । यो खेलसँगै महिला लिगमा दोस्रो चरणका खेल सुरु हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई