Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालएक महिना लामो गुँला पर्व सकियो

एक महिना लामो गुँला पर्व सकियो


काठमाडौँ । एक महिना लामो गुँला पर्व बुधबार विधिवत रुपमा सम्पन्न भएको छ ।

गुँला पर्व कै अवसरमा लक्ष्य चैत्य निमार्ण गरेर गरिनै बौद्ध पूजा समेत सम्पन्न भएको छ ।

महिनाभर कालो माटोलाई साँचोमा ढालेर बनाएका हजारौं मूर्तिहरु लक्ष्य चैत्य बनाएर पूजापाठ गरिसकेपछि नदी खोलामा विर्सजन गरेर समापन गरिएको हो ।

मानन्धर समुदायको कन्या खुवाउने गुथीले पनि २५ हजार भन्दा बढी मूर्ति र चैत्यहरु बनाएर विशेष पूजापाठ पछि लाजिम्पाटको नीलसरस्वती मन्दिर नजिकको टुकुचा खोलामा साँस्कृतिक वाजागाजाका साथ विधिवत रुपमा विर्सजन गरेको हो ।

विशेषगरि बौद्ध धर्मावलम्वीहरुले गुंला पर्वमा महिनाभर सात्विक भोजन गरि विहान सवैरै उठेर मूर्तिहरु बनाई महायान र वज्रयान बौद्ध परम्परा अनुसार पूजापाठ गर्ने परम्परा रहेको छ । परिवारका सदस्यहरु लगायत गुथीका सदस्यहरु मिलेर मूर्ति बनाउने गरिन्छ । तथागत बुद्ध, बौद्ध चैत्य, लोकेश्वर, वोधिसत्व र तारा लगायतका मूर्ति समेत हरेक दिन बनाएर पूजा गर्ने परम्परा रहेकोछ । लक्ष्य चैत्य नदीमा विर्सजन गर्नु अघि घरमा बौद्ध पाठ र भजनहरु समेत गाउने गरिन्छ ।

यसरी मूर्ति बनाउने परम्परालाई नेपाल भाषामा ‘द्यो थायगु चिवा थायगु’ भनिन्छ । महिना भर बौद्ध विहार, बहा बहीहरुमा प्रज्ञापारमिता र नामसंंगीति पाठहरु समेत गरिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT