Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेलले पलेसालाई १० लाख नगदसहित सम्मान गर्ने

एनसेलले पलेसालाई १० लाख नगदसहित सम्मान गर्ने


काठमाडौँ । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पारालिम्पिक्समा सहभागी पारा खेलाडी एवम् प्रशिक्षकहरूलाई समेत कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा एनसेलको छ ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको सहकार्य अनुसार सम्मान दिने घोषणा गरेको जनाइएको छ ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आइरहेको छ ।

‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा सुरु गरेको हिजोमात्र जस्तो लाग्छ । त्यति बेला पारालिम्पिकको यस्तो उचाइमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइनँ । मैले सपना देख्ने हिम्मत गरेँ र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ । त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरेँ । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु,’ पलेसाले भनिन् ।

यो जित सँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातका लागि आफू उत्सुक बनेको उनको भनाइ छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसाले नेपाललाई दिलाएको पदक उनको मात्रै सफलता नभएर राष्ट्रको नै गौरव भएको बताए ।

पलेसाले पाएको सफलतालाई खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा भएको उनले बताए ।

‘एनपीसीसँगको सहकार्यमा पलेसा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं,’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानीमा उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ

एनपीएलको ट्रफी अनावरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित

सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ । आइतबार १ लाख ६७ हजार

सुनको भन्सार महसुल घट्यो

काठमाडाैँ । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर)

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

Techie IT