Techie IT
२०८१ पुस २८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेयर शाहकाे कार्यशैलीप्रति उपमेयर डङ्गाेलकाे असन्तुष्टि

मेयर शाहकाे कार्यशैलीप्रति उपमेयर डङ्गाेलकाे असन्तुष्टि


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् । महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा आज उपमेयर डङ्गोलले मेयर शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाएका हुन् ।

काठमाण्डौका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले सूचना जारी गरेको थियो । त्यही सूचनालाई लिएर डङ्गोलले शाहप्रति प्रश्न उठाएकी हुन् । महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार लेखिएको भन्दै उपमेयर डङ्गोलले प्रश्न उठाएकी हुन् । डङ्गोलले त्यो निर्णय महानगरको हो कि होइन भन्दै प्रश्न गरिन् ।

यस्तै आजको कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिका वडान नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले सर्वोच्चको फैसलालाई लिएर मेयर शाहले हतारिएर सूचना निकालेको बताइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका

नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

बाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको

महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त

Techie IT