Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफी

इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफी


एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन् ।

हालै ६ जना बन्धकको शव इजरायल ल्याइएपछि चर्केको प्रदर्शनकै क्रममा प्रधानमन्त्री नेतान्याहुले इजरायली जनता र मृतकका परिवारसँग माफी मागेका हुन् ।

इजरायल सरकारको समन्वय अभावका कारण बन्धकहरु मारिएको भन्दै इजरायलमा भएको आमहडतालले उग्र रुप लिएपछि प्रधानमन्त्री माफी माग्न बाध्य भएका हुन् । आम हडतालमा उत्रेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहु आफनै अडानमा रहने हो भने थप बन्धकको मृत्यु स्वाभाविक भन्दै तत्काल बाँकी बन्धकको रिहाइका लागि ठोस कदम चाल्न माग गरेका छन् ।

इजरायलका प्रधानमन्त्रीले गाजाको फिलाडेल्फी करिडोर आफनो कब्जामा ल्याउन इजरायली सेना लागिपरेको भन्ने अभिव्यक्तिले थप मानवीय क्षति हुने भन्दै उनको अभिव्यक्तिप्रति पनि प्रदर्शनकारीहरुले आपत्ति जनाएका छन् ।

नेतान्याहुले हमासको कब्जामा रहेका बन्धकहरुलाई ११ महिनासम्म पनि बन्धन मुक्त गर्न असफल भएको भन्दै प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहुविरुद्ध चर्को नाराबाजी गदै आयोजना गरिएको आम हडतालका क्रममा इजरायलको जनजीवन अस्तव्यस्त बन्यो ।

प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत वर्ष ७ अक्टोबरमा हमासले अपहरण गरेका बन्धकमध्ये ९७ बन्धकहरूको अवस्था अझै अज्ञात छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT