काठमाडौँ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को अध्यक्षमा राजेश श्रेष्ठ चयन भएका छन् ।
ब्लोदानको हिजो सम्पन्न ११ औँ केन्द्रीय अधिवेशन तथा २७ औँ साधारण सभाले निवर्तमान उपाध्यक्ष राजेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा उज्ज्वल केसी, केशव महर्जन, महासचिवमा मचाकाजी महर्जन, सचिवमा विष्णुराज श्रेष्ठ र शंकर महर्जनलाई चयन गरेको छ ।
ब्लोदानको कोषाध्यक्षमा पुरुषोत्तम खत्री, सदस्यहरुमा बालकृष्ण श्रेष्ठ, तारा लामा, अजित खड्का, विनोद तुलाधर, किशोरराज वन्त, हसिना शाक्य, श्यामकृष्ण श्रेष्ठ, राधाकुमारी श्रेष्ठ, रोजना राजवंशी, जनककुमार खड्का, साधुराम महर्जन, रुकेश रन्जित र मनोनित सदस्यमा विरेन्द्रमान श्रेष्ठ र खेलनाथ सिग्देल रहेका छन् ।
ब्लोदानको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।