Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता गर्दै

ब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता गर्दै


काठमाडौँ । द ब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले आयोजना गर्न लागेको प्रतियोगिता आउँदो आइतबारदेखि तीन दिनसम्म बालुवाटारस्थित ढुकु स्पोर्टस् हबमा हुन लागेको हो ।

सन् २०१८ देखि निरन्तर रुपमा हुँदै आएको ब्रिटिस कपको यस संस्करणमा १९ टिमको सहभागिता रहेको छ । लिगकम नकआउट संरचनामा हुने प्रतियोगिताको समूह ‘ए’मा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौँ विश्वविद्यालयको ‘ए’ टिम, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम र द वेस्टमिन्स्टर कलेज रहेका छन् । समूह ‘बी’मा द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज र न्याथम कलेज रहेका छन् ।

त्यस्तै, समूह ‘सी’मा सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज र प्राइम कलेज रहेका छन् । समूह ‘डी’मा भेदास कलेव, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर रहेका छन् ।

प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका छन् । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र एउटा टिमले फेयर प्ले टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने ब्रिटिस कलेजले जनाएको छ ।

‘पाँचौं संस्करणको प्रतियोगिता गर्न पाउँदा हामी निकै खुशी छौं । यस प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र स्पोर्टस्म्यानसिपलाई प्रोत्साहित गर्नु हो,’ प्रतियोगिताबारे ब्रिटिस कलेजका मार्केटिङ हेड, अमरदीप मण्डलले भन्नुभयो, ‘हामीले प्रतियोगितालाई अझै परिस्कृत गर्दै लगेका छौं । प्रतियोगिताको आयोजनाको लागि सहयोग गर्नुहुने सबै प्रायोजकहरूलाई, सहभागी टिमहरु र ब्रिटिस कलेजका सहकर्मीहरूलाई म धन्यवाद दिन चाहन्छु । आशा छ भेन्यूमा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहनेछ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT