गृहपृष्ठ ∕ खेल ∕ पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा गाेवर्धन क्वार्टरफाइनलमा पराजितपेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा गाेवर्धन क्वार्टरफाइनलमा पराजित नेपालीपत्र शुक्रबार, २०८१ भदौ १४ गते, १७:१९ मा प्रकाशित खेल काठमाडाैँ । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छिन् ।पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–८ मा पलेशा ब्राजिलकी सिल्भाना मायारा कार्डाेसाे फर्नान्डेससँग पराजित भइन् । पलेशा फर्नान्डेससँग १०–८ अङ्कले पराजित भइन् ।यसअघि आजै भएकाे अन्तिम–१६ काे प्रतिस्पर्धामा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी थिइन् ।यसअघि हिजो भएको खेलमा तेक्वान्दोका भरतसिंह महता जापानका मित्सुया टनाकासँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएका थिए । अब पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस–९ विधामा पुरुष ५० मिटर फ्री–स्टायलमा सहभागिता जनाउनेछन् । #पेरिस पारा ओलम्पिकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युThe Film Nepal