काठमाडौँ । रकम चेम्जोङ जनता समाजवादी पार्टी नेपालले सह अध्यक्ष बनेका छन् । हालै सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्य विभाजन गर्दै चेम्जोङलाई सह अध्यक्ष बनाएको हो ।
राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन् । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भए ।
प्रकाश अधिकारी उपमहासचिव, मनिषकुमार सुमन पार्टीको प्रवक्ता, दीपक कार्की र रेखा यादव उपमहासचिव नियुक्त भएका छन् । सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सरिताकुमारी साह नियुक्त भएको पार्टीले जानकारी दिएको छ ।