Techie IT
२०८१ असोज १६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा


काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो ।

जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।

चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ ।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।

चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । “चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,” उनले भने, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ ।”

चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४

काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले

चलचित्र ‘एक्लो’को छायाँकन सकियाे

काठमाडौँ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको

मिस टिन नेपालमा २० जनाले भाग लिने

काठमाडौँ । काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौं

भारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

एजेन्सी । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । आफ्नै रिभल्भर (पेस्तोल)ले खुट्टामा आकस्मिक गोली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको

‘पूर्ण बहादुरको सारङ्गी’को भिडियो प्रतियोगिता, विजेतालाई ५० हजार नगद

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ । निर्माण टिमले ‘मेरो बाको संघर्ष’ नाम दिदैँ बुवाको

एसडी योगी र रेश्मा पुनको स्वरमा डान्सिङ म्युजिक भिडियो ‘पिङ्की…

काठमाडौँ । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा रहेको नयाँ डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक भएको छ

Techie IT