Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियटेलिग्रामका सीईओ पावेल दुरोभ पक्राउ

टेलिग्रामका सीईओ पावेल दुरोभ पक्राउ


काठमाडौँ । टेलिग्रामका प्रमुख सीईओ पाभेल दुरोभ फ्रान्सको एक विमानस्थलबाट पक्राउ परेका छन् ।

आफ्नो निजी विमानबाट पेरिसको उत्तरमा रहेको बोर्जेट एयरपोर्टमा अवतरण भए लगत्तै उनलाई पक्राउ गरिएको फ्रान्सेली मिडियाले जनाएको छ ।

३९ वर्षीय दुरोभलाई उनको मेसेजिङ एप टेलिग्रामसँग सम्बन्धित अपराधको वारेन्टका आधारमा पक्राउ गरिएको बताइएको छ ।

रुसी सरकारी समाचार एजेन्सी तासका अनुसार फ्रान्सस्थित रुसी दूतावासले उनको पक्राउको विषयमा बुझ्न कदम चालेको बताएको छ ।

फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछि टेलिग्राम विश्वकै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा पर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफर

काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने: कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

Techie IT